Wednesday, May 22, 2024

संविधान दिवसको अवसरमा नेपालि काङ्ग्रेसद्वारा दिप प्रज्वलन

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट ३ असोज । नेपालि काङ्ग्रेसले रौतहटले चन्द्रनिगाहपुरमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ ।चन्द्रपुर ४ स्थित लोकतान्त्रिक पार्कमा दिप प्रज्वलन गरी नेपालि कांग्रेसले संविधान दिवस मनाएको हो ।
आईतबार साझ नेपाली काग्रेस चन्द्रपुर नगर कमिटिको आयोजनामा कार्यक्रम एवं रौतहट क्षेत्र नम्बर ४ का संघिय सांसद देव प्रसाद तिमल्सिनाको प्रमुख अतिथ्यतामा ७ औं संविधान दिवशको अवसरमा दिप प्रज्वलन गरिएको हो । सो कार्यक्रम संविधान सभाबाट संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिन तथा राष्ट्रिय दिवशको शुभकामना सहित दिप प्रज्वलन गरिएको रौतहट क्षेत्र नं. ४ का सांसद मा. देव प्रसादतिमल्सिनाले बताए । केपि सरकारले दुई चोटी संसद विघटन पारेर मुर्छा पारेको संविधानलाई सर्वोच्च अदालतको फैशला र आफूहरुको आन्दोलनले व्यँयुताएको बताए। नेपाली काग्रेसले बिगतका दिनहरुमा नेपालको संबिधान जोगाउन बिभिन्न कार्यहरु गर्दै आएको तथा धेरै बिषयहरु संविधानको दायरामा ल्याएको बताउदै सम्पुर्ण देसबासीलाई संबिधान दिवशको अवसरमा शुभकामना समेत दिए ।कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ४ का सभापति रामस्नेही राय यादव, प्रदेश सांसद धनलाल ठोकर, क्षेत्रीय सचिव नरेश लामिछाने , नेपाली कांग्रेसका नेताहरु रबिनचन्द्र कोइराला, मुकेश गिरी, निलहरी कोइराला, नवराज देवकोटा,देवराज कार्की, सुबाश कोइराला लगायत विभिन्न तह र तप्काका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु