Wednesday, May 22, 2024

सप्तरीको विद्यालय भोलि देखि सञ्चालन हुने

पछिल्लाे समाचार


सप्तरी ,१९ भदौ//
सप्तरीको विद्यालय भोलि देखि सञ्चालन हुने भएको छ ।
विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबार देखि सञ्चालन हुन लागेको हो ल
सप्तरीका प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको हो।
सोहीअनुरुप राजविराज नगरपालिकाको शिक्षा समितिले शुक्रबार भदौ २० गतेदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ।
कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी सबै सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा अधिकृत भोगेन्द्र प्रसाद यादवले जानकारी दिए।
कक्षा ३ देखि माथि १२ कक्षासम्मको पढाई सुरु गर्न विद्यालयहरुलाई अनुमति दिएको यादवले बताए । विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीको सङ्ख्याको आधारमा फरक फरक समयमा सञ्चानल हुने भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु