Friday, June 21, 2024

सर्लाहीका बालबालिकालाई छात्रवृत्ति वितरण

पछिल्लाे समाचार


सर्लाही ,९ असोज //
सर्लाहीका दलित बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही र सेभ द चिल्ड्रेन को सन्युक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम (NCSEP) अन्तर्गत छ्नौटमा परेका बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो।

कबिलासी कलस्तर जनता अधारभुत विद्यालयद्वारा आयोजित कार्यक्रममा कबिलासी ,हरिपुर्वा ,मलङ्वा,गोडेता न पा र ब्रहम्पुरी , चन्द्रनगर गाउँपालिकाका एक सय जना दलित बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक भाग्यनारायण मिश्रले बताएका छन्।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष राजेश पासवान ,वडा सदस्य मिठु पासवान , प्रधानाध्यापक भाग्यनारायण मिश्र,संस्था का सदस्य सोगार्थ पासवान,प्रमोद पासवान लगायतको उपस्तिथि रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु