Sunday, May 26, 2024
No menu items!

सर्लाहीको एक विद्यालयका ४१ जना छात्राहरु लाई साइकल वितरण

पछिल्लाे समाचार


सर्लाही,२ असोज //
सर्लाहीको एक विद्यालयका ४१ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा रहेको नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीका ४१ जना छात्रालाई शुक्रवार साइकल वितरण गरिएको हो।


प्रदेश २ सरकारको “बेटी पढाउ, बेटी बचाउ अभियान ” अन्तर्गत कक्षा ८ को अध्ययन पूरा गरी भर्खरै कक्षा ९ मा प्रवेश गरेका ४१ जना छात्रालाई एक÷एक थान साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रामवृक्ष महतोले जानकारी दिए।


साईकल वितरण कार्यक्रममा कालिन्जोरका वडाध्यक्ष नागेन्द्र कुमार पाख्रिन, अन्य जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हरिबहादुर लुंगेली, विद्यालयका प्रधानाध्यापक रामवृक्ष महतो, अन्य शिक्षक, राजनीतिक दलका नेता लगायतको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु