Saturday, October 12, 2024

सर्लाहीमा कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

पछिल्लाे समाचार


सर्लाही,३० भदौ //
सर्लाहीको लालबन्दी, हरिवन, र बागमतीसहित सबै पालिकाहरुमा कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ ।
चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई हिजोबाट दोस्रो मात्रा लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका खोप अधिकृत राम दुलार यादवले जानकारी दिएका छन् ।
सर्लाहीमा ४९ हजार ७ सय ५४ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।
उनीहरु सबैलाई दोस्रो मात्रा लगाउन पुग्ने गरी करिव ५० हजार डोज खोप प्राप्त भएको खोप अधिकृत यादवले बताएका छन् ।
आज, भोली र पर्सी गरी तीन दिन खोप लागाइने उनले जानकारी दिए।
पालिकाहरुले स्वास्थ्य संस्था र अन्य स्थानमा तोकेको खोप केन्द्रमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ।
सबैलाई पुग्ने गरी खोप आएकाले भीडभाड नगरी पालैपालो नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु