Thursday, June 13, 2024

सिरहाबाट अवैध औषधी बरामद

पछिल्लाे समाचार


सिरहा,१९ भदौ //
सिरहा प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएको औषधी बरामद गरेको छ ।
शनिबार बिहान करिब २ बजेतिर ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्टी टोलीले भन्सार छलेर ल्याएको औषधी बरामद गरेको जनाएको छ ।
लहानका प्रहरी नायब उपरीक्षक तपन दाहालका अनुसार लहान नगरपालिका १९ कटहा चोकबाट लु१स ८००७ नम्बरको अटोलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्दा रिकल-केटु-सेभेन नामको औषधी ३५ लाख ९३ हजार ९२०, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १६० र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७२० रूपैयाँ बराबरको बरामद भएको हो।
कागजात नभएकाले उक्त औषधी भन्सार छलेर ल्याएको भनि नियन्त्रणमा लिएको उनले बताएका छन्। बरामद गरिएको औषधीको मूल्य करिब ७५ लाख ५६ हजार ८ सय रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
प्रहरी गस्ती देखेपछि, अटो छाडेर फरार भएको चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु