Friday, June 21, 2024

सिरहाबाट अवैध चाँदीसहित दुई जना पक्राउ

पछिल्लाे समाचार


सिरहा ,३१ भदौ //
सिरहाबाट अवैध ५ किलो चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला खुटोना बस्ने रवी महतो र पिन्टु महतो रहेका छन्।

लहानका सुनचाँदी व्यवसायीबाट चाँदी किनेर तस्करी गर्न लागेका दुवै जनालाई सिरहाको ठाडी नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिएका छन्।

पक्राउ परेका दुवै जनामाथि घटना समन्धमा अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु