Monday, April 21, 2025

बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

पछिल्लाे समाचार


सिरहा,१९ भदौ //
सिरहामा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।
जिल्लाको गोलबजार नगरपालिका ४ निपनियाँ बस्ने ४० वर्षीय दुखरण महराको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार महराको शव भारतको विहार मधुवनि जिल्ला अन्तर्गत जयनगर बजार नजिकै पानिमा भेटिएको हो।
मृत अवस्थामा फेला परेको महराको धारिलो हतियारले घाँटी रेटिएको र शरिरको विभिन्न भागमा चोट पटक लागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिमामा बेवारिसे अवस्थामा शव देखेपछि, मृतकको पकेटबाट भेटिएको डायरीमा लेखिएको नम्बरको आधारमा उनी नेपाली हुन्, भने थाहा भएसंगै भारतीय प्रहरीले नेपाल प्रहरीसंग समन्वय गरि सव
शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
मृतक महराको एक पत्नी, ३ छोरा र एक छोरी रहेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु