Wednesday, May 22, 2024

सेवाग्राहीलाई सम्मान गरि मनाइयो मालपोत कार्यालय गौरले निजामती दिवस

पछिल्लाे समाचार


रौतहट ,२२ भदौ //
निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा भदौ २२ गते निजामती दिवस मनाइने गरिन्छ।
रौतहटको भूमिसुधार तथा मालपोत कार्यालयले प्रत्येक वर्ष भदौ २२ गते मनाइने निजामति सेवा दिवसमा एक जेष्ठ नागरिक सेवाग्राहीलाई सम्मान गरि मनाएको छ।
प्रमुख मालपोत अधिकृत राम कृष्ण उप्रेतीले बैंकबाट ऋणको लागि जमिन दृष्टिबन्धक गराउन आएका सेवाग्राही बाबुलाल साहलाई दोसल्ला ओढाई सम्मान गरेको हो ।


अधिकृत उप्रेतीले भने सेवाग्राही साह यो दिवस (आज) को पहिलो ग्राही भएको र उनी लगायत आजबाट आउने सम्पुर्ण सेवाग्राहीको काम समयमै हुने प्रतिबद्धता जनाए।
कार्यालयको कामको प्रक्रिया पहिलाको भन्दा बढी सिस्टमेटिक भएकोले बिचौलीबाट ठगिदै आएको सेवाग्राही प्रत्यक्ष रुपमा काम गराउने मौका मिलेको उनले जानकारी दिए।
नेपालमा करिब ८० हजार निजामती कर्मचारीहरु रहेका छन्।
सम्मान कार्यक्रममा नायव सुब्बा रामजी साह, आँसु जय मंगल साह, खरिदार रामरेखा चौरसिया, खरिदार धिरेन्द्र साह, अन्सु कुमारी, खरिदार सरोज कुमार साह सोनार, कम्प्युटर अपतेटर रमेश साह, सुनिल साह, बिनय साह लगायतका कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु