Wednesday, May 22, 2024

स्रोत नखुलेको अवैध रकमसहित १ जना पक्राउ

पछिल्लाे समाचार


पर्सा,२८ भदौ //
पर्सा प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४३ वर्षीय महमद आसिफ अन्सारी रहेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ्ग टोलीले ना. २५ प ८७६२ नम्बरको डिस्कभर मोटरसाइकल रोकि जाँच गर्ने क्रममा हेल्मेटभित्र लुकाएर ल्याएको स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँ बरामद गरिएको पर्साका प्रहरी प्रमुख ओमप्रकाश खनालले बताएका छन् ।

अन्सारीविरुद्ध बैंक तथा वित्तीय सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान थालिएको प्रवक्ता खनालले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु