Friday, June 21, 2024

हेल्लो सिएम एप प्लेस्टोरबाटै गाएब

पछिल्लाे समाचार


रौतहट ,३१ भदौ //
महिला हिंसा न्यूनिकरणको लागि प्रदेश २ सरकारले प्रयोगमा ल्याएको हेल्लो सिएम एप प्लेस्टोरबाटै हराएको छ।
६ लाखको लागतमा हेल्लो सिएम एप बनाएर २०७५ कात्तिक ११ मा प्रदेश २ सरकारले समुदा(प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै सार्वजनिक गरेको थियो ।
मुख्यमन्त्री लालबाबु राउतले एप सर्वाजनिक गर्दै महिला हिंसामा परेको बखत एपले महिलालाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
डाउनलोड भएको मोबाइल तीन पटक चलाएमा जानकारी नजिकको प्रहरी कार्यालयमा आकस्मिक कलको रूपमा पुग्ने र पीडितको लोकेसन पनि प्रहरीले थाहा पाउने एप निर्माता इन्जिनियर आदित्य राजले दावी गरेका थिए । तर सो एप गुगल प्लेस्टोरबाट गायब भएको छ ।
एप निर्माण गरे पनि प्रदेश सरकारले त्यसलाई सञ्चालनमा नल्याउँदा प्रयोग विहीन बनेको इन्जिनियर आदित्य राजले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु