Wednesday, May 22, 2024

अखिल नेपाल महिला संघ क्रान्तिकारी रौतहटको वृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,१७ असोज //
नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी रौतहटको वृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार रौतहटको गरुडामा सो कार्यक्रम सम्पन्न भएको हो।
सो भेलामा प्रमिला रखालको नेतृत्वमा ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
उपाध्यक्षमा कमला ढकाल, हिरा थापा, नुरजा खातुन, माला जयसवाल, सचिवमा सिमा राउत लगाएतका सदस्यहरु रहेका छन्।
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्दिय अध्यक्ष तथा भेलाका प्रमुख अतिथी अमृता थापाले कार्यक्रमलाई सम्वोधन गर्दै महिला हिंसा झन् बढ्दै गएकोले यसको सामनाका लागि महिला सचेत रुपमा संगठित हुँदै संघर्षमा अघि बढ्नुपर्ने कुरामा जोड दिएकी थिइन् ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी युवराज भट्टराई समिरले विगतमा लामो समयसम्म युद्ध तथा आन्दोलनको अग्रमोर्चामा रहेर महिलाहरुले नेतृत्व गर्दै आएको स्मरण गराउदै फेरी पनि एक पटक महिलाहरु जागरुक तथा एकजुट भएर अगाडी बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा अमृता थापा ,युवराज भट्टराई समिर , कमला ढकाल, हिरा थापा, नुरजा खातुन, माला जयसवाल, सिमा राउत लगाएत स्थानीयको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु