Thursday, June 13, 2024

अविरल वर्षाका कारण कमला नदीको पुल भासियो

पछिल्लाे समाचार


सिरहा , ३ कार्तिक //
केहि दिनदेखि परेको अविरल वर्षाका कारण सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ ।

निरन्तर भइहरको वर्षाका कारण नदीमा पानीको बहाव बढेसंगै पुलको दुई फिट पिलर भासिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिएका छन् ।
उनका अनुसार ४७० मिटर लामो र ११ मिटर चौडाइ भएको हुलाकी सडकको मेरुदण्डको मानिने यो पुलको पश्चिमतिरबाट तेस्रो नम्बरको पिलर भासिएको हो।
लामो समयदेखि पुल निर्माण कार्य सम्पन्न नभएकाले स्थानीय , सर्वसाधारण तथा किसानले डुंगा चढेर आवात जावत गर्दै आएका छन् ।
यस्तै, गत असारमा पनि आएको बाढीले पूर्व तर्फबाट सोहि पुलको दोस्रो नम्बरको स्पान भासिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु