Saturday, January 25, 2025

अवैध चाँदीका गरगहनासहित १ जना पक्राउ

पछिल्लाे समाचार


पर्सा , १४ कात्तिक //
पर्सा प्रहरीले अवैध चाँदीका गरगहनासहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ निवासी ३९ वर्षिय रामबाबु साह सोनार रहेका छन्।

बिशेष सुचनाको आधारमा सिर्सियाबाट खटिएको प्रहरी टोलीले रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बिआर २२ एसी ४०९९ नम्बरको पल्सर मोटरसाइल चेकजाँच गर्ने क्रममा चाँदी बरामद गरेको हो।
बरामद १ केजी ४५ ग्राम चाँदीका गरगहनालाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

पक्राउ परेका सोनारलाई राजश्व छलि चोरी पैठारी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु