Sunday, May 26, 2024
No menu items!

अवैध लागुऔषधसहित २ जना पक्राउ

पछिल्लाे समाचार


पर्सा, ८ कत्तिक //
वीरगंजबाट अवैध लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ का २६ वर्षीय सुमन न्यौपाने र सोही ठाउँका २८ वर्षीय रोशन लामा रहेका छन् ।

प्रहरी चौकी गणेशटोलबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा बा.४ च १०२१ नम्बरको कारबाट १ सय मिलिलिटरको विनसिरेक्स २ सय ३७ बोत्तल र नाइट्राभेट ट्याब्लेट ६ सय पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता पर्ल्हाद कार्कीले जानकारी दिएका छन्।
दुवैजना विरुद्ध लागु औषध सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता कार्कीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु