सर्लाही , ८ कत्तिक //
कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी सह सचिव रामकुमार महतोको सरुवा भएको छ।
उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सह सचिव बाबुराम खतिवडालाई खटाएको छ। आइतबार प्रजिअ महतोको गृह मन्त्रालयमा काज सरुवा गरिएको हो।
सशस्त्र प्रहरीको मनुसमारा बेसकैम्पमा तास खेलेको भिडियो सार्वजनिक भएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी महतोसहित सर्लाहीका सुरक्षा प्रमुखलाई अन्यत्र सरुवा गरेको हो ।
सोहि दिन सर्लाहीका एसपी सन्तोष सिह राठौरलाई तानेर उनको ठाउँमा कृष्ण प्रसाद प्रसाइलाइ खटाएको छ।
त्यसैगरी सशस्त्र प्रहरी १० नम्बर गण सर्लाहीका प्रमुख गङ्गाराम श्रेष्ठको ठाउमा भरत खनियालाइ खटाएको छ।