रौतहट २० असोज / डेढ वर्ष अघिदेखि बन्द रहेको नेपाल भारत सिमानाको गौर नाका बाट सवारी साधन संचालनमा आएको छ ।
गृह मन्त्रालयले केही दिन अघि जिल्ला प्रशासन कार्यालयहरुलाई सिमानाका खोल्न निर्देशन दिएको थियो । भारतसँग सिमा जोडिएका नाका नेपाल तर्फ खुलेपनि भारतीय पक्षले सवारी साधन आवागमन गर्न दिएको थिएन ।
पैदल आवतजावत मात्र गर्न दिएको थियो ।
रौतहटको गौर नाकाबाट भारत तर्फ आवतजावतका लागी संचालनमा आएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
हामीले केही दिन अघिदेखी नै नाका खोलेका थियौ, भारतीय पक्षले भने आजबाट नाका संचालन गरेको छ प्रजिअ यादवले भने ।
यात्रुवाहक सवारी साधन संचालनमा आएपछि दुवै देशका स्थानिय खुशी व्यक्त गरेका छन ।
कोरोना संक्रमण जेखिमका कारण २०७६ चैत्र ११ गते देखि बन्द रहेको नाका खुले को हो ।
कोरोना जोखिम कम हुँदै गएपछि गौर नाका खुलाउन दुवै देशका स्थानियहरुले लामो समय देखी आवाज उठाइ रहेका थिए ।