Wednesday, May 22, 2024

गायक दनुवारको नयाँ म्युजिक भिडियो सार्वजनिक

पछिल्लाे समाचार


रौतहट ,१६ असोज //
गायक सुर्य राई दनुवारको स्वरमा रहेको भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा ‘दिन बित्यो प्रभु वर्ष बित्यो’ भजनको म्युजिक भिडियो सार्वजनिक भएकोे हो । भजनको संगीत पनि सुर्य राई दनुवारको रहेको छ ।
सो म्युजिक भिडियो को सुटिंग रौतहटको धार्मिक एवं पर्यटकीय क्षेत्र चन्द्रपुर १ स्थित नुनथर
मा गरिएको थियो ।
उक्त भिडियोमा प्रमोद चौधरी, बिरेन्द्र साह, मुकेश कुमार साह, राकेश यादव, बिनिता माझी, सन्ध्या माझी, सुनिता माझी लगाएतका कलाकारहरू को अभिनय रहेको छ ।
म्युजिक भिडियोको सम्पादन कक्ष बि स्क्वायर मिडिया बाट बिश्वास भण्डारीले गरेका हुन् भने भिडियोको निर्देशन रोशन राणा मगरले गरेका हुन् ।
छाँयाकन/ड्रोन बिशाल राज राईको रहेको छ ।
यस्तै गीतको एरेन्जर संजय हमालले र मिक्स/मास्टरिङ बिसन मानन्धरले गरेका थिए ।
ई दनुवार कलाकार तथा सांस्कृतिक समाजको प्रस्तुतिमा अमर म्युजिक च्यानल मार्फत सो भजन सार्वजनिक भएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु