Wednesday, May 22, 2024

गुजरामा नेकपा एमालेको वडा अधिवेसन सम्पन्न

पछिल्लाे समाचार

रौतहट ,६ कत्तिक । रौतहटको गुजरा नगरपालिका ३ र ४ मा नेकपा एमालेको वडा अधिवेसन सम्पन्न भएको छ।
शनिवार नेकपा एमालेको जिल्ला अध्यक्ष तुलसीराज गिरीको प्रमुख अतिथ्यतामा सो अधिवेसन सम्पन्न भएको हो।
नेकपा एमालेको प्रदेश कमिटि सदस्य तथा गुजरा कार्यालय संयोजक हरिवंश मैनालीको बिशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा नया कार्य समिति समेत गठन गरिएको छ।
शनिवार सम्पन्न अधिवेसनमा वडा नम्वर ३ को अध्यक्षमा ईश्वर प्रधान ,उपाध्यक्षमा श्रीमान माझि र गीता माझि ,सचिवमा शेख जमिन्दार ,सहसचिवमा इच्छा पहरी र सेख सोयाव चयन भएका छन् ।


यस्तै वडा नम्वर ४ का अध्यक्षमा निरन्जन पुरी ,उपाध्यक्षमा अनिता देवी साह ,सचिवमा शेख जफिर ,सहसचिवमा रामचन्द्र खतिवडा र तासिक अम्बर चयन भएका हुन्।
कार्यक्रममा नेकपा एमालेका क्षेत्रीय अध्यक्ष इन्द्रिस सिद्दिकी ,नगर अध्यक्ष पदम कुमार श्रेष्ठ ,नगर सचिव सेख जज्लुमी तथा माधव गौतम ,गणेश गिरी ,छविलाल चौलागाईं ,विगन देवान , विष्णु कोईराला लगाएतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु