मुकेश कुमार साह,रौतहट २६ असोज । चन्द्रपुर ०८ स्थित घोड़ीदेवी मन्दिर परिसरमा गणेश भगवानको मुर्ति आवरण गरीएको छ । दशैँको सातौं दिन आज फूलपातीको दिनको अवसर पारेर गणेश भगवानको मुर्ति आवरण गरिएको हो । चन्द्रपुर हस्पिटलका प्रमुख डा.सुभाष चौधरीको प्रमुख आतिथ्यता तथा चन्द्रपुर नगरपालिका वडा न ८ का अध्यक्षको विशिष्ट आतिथ्यतामा एक कार्यक्रमको बीच मुर्ति आवरण गरीएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.चौधरीले हिन्दू धर्ममा आधारित मन्दिरहरुको वास्तुकला आकर्षक सज्जावट मात्र होइनन्, ऊर्जाको केन्द्र पनि हुन् र विशेष वैज्ञानिक महत्व राख्दछन् भन्ने कुरा प्रमाणित भइसकेकोले यसमा सबैले आस्था राख्नु पर्ने बताए । कार्यक्रमका बिशिष्ट आतिथि वडा अध्यक्ष चौधरीले हिन्दु धर्ममा कुनै पनि कार्यको सुरुवात गर्दा गणेश भगवानको पुजा गरेर सुरुवात गर्ने गरीन्छ । गणेश मन्दिरको स्थापना संगै यहाँ धार्मिक पर्यटकको आगमनमा बृद्धि हुने र जिल्लाकै मुख्य धार्मिक पर्यटकिय स्थलका रुपमा विकास हुनेमा दुई मत नरहेको पत्रिक्रिया दिए । स्थानीय समाजसेवी बलिराम चौधरी र बसन्त आचार्यको प्रयास तथा विभिन्न दाताहरुको सहयोगमा मन्दिर निर्माण सम्पन्न भएको हो। आगामी दिनमा पनि पर्यटक प्रबर्ध,मन्दिर ब्यवस्थापनको लागी पनि योजना बनाएर अघि बढ्ने घोरीदेवी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बलिराम चौधरीले प्रतिबद्धता जनाए । घोरीदेवी मन्दिर एतिहासीक भए पनि गणेश भगवानको मन्दिरको सानो मुर्ति मात्र रहेको थियो ,हामीले मन्दिरमा बढ्दै गरेको भक्तजनहरुलाई मध्यनजर गर्दै सबैको सल्लाह र साथले गणेश भगवानको मन्दिरको निर्माण कार्य समपन्न गरेको समाजसेवी बसन्त आचार्यले बताए । आचार्य भन्छन,जीवनभर जती सम्पति कमाएपनि कम हुन्छ, आखिर मरी लानु के छ र ।
मन्दिर स्थापना गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई उनले आभार समेत प्रकट गरे । मन्दिर व्यवस्थापनका अध्यक्ष बलिराम चौधरीको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन बसन्त आचार्यले गरेका थिए।
अनावरण कार्यक्रममा चन्द्रोदय साकोसका अध्यक्ष प्रकाश सुनुवार, रंगपुर साझेदारी बनका अध्यक्ष जितेन्द्र चौधरी,नबोलाल चौधरी , बिन्दबासिनी साकोसका सचिब भरत प्रसाद आचार्य, हातेमालो सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष रामलाल ठोकर, शिक्षक रुपक परीयार, ब्यवस्थापन समितिका सचिव सुदिप गिरी,सदस्यहरु सुरेश मगर,बिनय चौधरी र लक्षमण चौधरी को उपस्थिति रहेको थियो ।