Friday, June 21, 2024

चन्द्रपुरको राजमार्ग जलमग्न , सडकमै माछा मार्दै स्थानिय

पछिल्लाे समाचार


रौतहट ,१७ असोज //
ढलको समुचित निकास नहुँदा रौतहटको चन्द्रपुर नगरपालिकाको पुर्व पश्चिम राजमार्ग नै ताल बनेको छ।

राजमार्गको मुख्य सडकखण्डमै पानी बग्न थाले पछि स्थानीयले माछा मारेका छन् ।

वर्षाको समयमा सडकभरी बगेको पानीमा स्थानीयले माछा मार्दै गरेको तस्विर सामाजिक संजालमा राख्दै रौतहटका पत्रकार अशोक पहाडीले लेखेका छ्न “चन्द्रपुरको राजमार्गमा पानी बगेर के भयो र ? माछा त आयो नि ।”


राजमार्गमा जाल तान्दै माछा मार्दै गरेको तस्बिरमा केही स्थानीयले मसिनो माछाहरु बटुल्दै गरेको देखिन्छ ।
एक झर पानि ले नै चन्द्रपुरका अधिकांस सडक जलमग्न हुन्छ।
चन्द्रनिगाहपुरमा पानी जम्ने समस्या भएपछि केही ठाउँहरु ताल जस्तै देखिन्छन ।
सडक किनारका दुवै तर्फ अधिकांस ठाउँमा वर्षाको समयमा हिलो र पानी जम्दा स्थानीयहरुले सास्थी खेप्दै आएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु