Tuesday, September 17, 2024

चन्द्रपुरमा घुम्ति शौचालय अलपत्र

पछिल्लाे समाचार


रौतहट ३० असोज /
चन्द्रपुर नगरपालिकाले लाखौँ रकम खर्च गरेर अढाइ वर्ष अगाडि सञ्चालनमा ल्याएको घुम्ती शौचालय अलपत्र उपयोग बिहिन भएको छ ।
चन्द्रनिगाहपुर चोकमा राखिएको एउटा  घुम्ति शौचालय अहिले प्रयोगविहिन छ भने अर्को चन्द्रपुर ६ स्थित फुटवल खेल मैदानमा अलपत्र छ ।
चन्द्रनिगाहपुर चोकमा राखिएको मा ताल्चा लगाइएको छ ।एकबर्ष अघि नै पानी र फोहोर चुहिने भएको थियो ।त्यसैगरी  शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा प्रयोगविहीन अवस्था रहेको शौचालय पनि जीर्ण बन्दै गएको छ , प्रयोगमा छैन ।
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिगाहपुर बजार  दैनिक हजारौ  यात्रुहरुको ओहोरदोहोर हुन्छ । किनमेल , तथा कामकाजका लागि बाहिर बाट आउनेहरु पनि धेरै हुन्छन ।
यात्रु तथा बटुवाहरु शौच गर्न होटल वा अन्यत्र खुल्लाक्षेत्रमा जानुपर्ने वाध्यता छ ।
१५ लाख भन्दा बढी खर्चेर ल्याएको  घुम्ती शौचालयहरु प्रयोगविहीन भएपछि केही स्थानियले जनप्रतिनिधिहरुको आलोचना गर्न थालेका छन । चन्द्रपुर ४ का वडा अध्यक्ष अमर बहादुर आले ले घुम्ती शौचालय राखेपछि यात्रुलाइ सहज हुने बताएका थिए ।
जनप्रतिनिधी ले किमसन खाएर कमसल खालको घुम्ति शौचालय ल्याएकाले चाडै चुहिने भएको समेत स्थानिय केही व्यापारीहरु बताउछन ।
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले यात्रु तथा स्थानियलाइ सेवा दिन   घुम्ती शौचालय प्रभावकारी ढंगले संचालन गर्ने बताउछन् ।
खुल्ला दिसामुक्त क्षेत्र घोषणा  भइसकेको  चन्द्रपुर नगरपालिकामा एउटा पनि सार्वजनिक शौचालय नहुनु घुम्ती शौचालय ल्याउदा नै योजना नबनाइ कमिसन खान   शौचालय ल्याएको भन्दै पछिल्लो समय चन्द्रपुर जनप्रतिनिधीको आलोचना हुने गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु