रौतहट १७ असोज / चादीखोला तर्ने क्रममा बाढीले बगाउदा गएराति एक जनाको मृत्यु भएको छ।
चन्द्रपुर नगरपालिकाको वडा न ३ गैंडाटारमा रहेको अवस्थित चाँदीखोला तर्ने क्रममा बगाउदा चन्द्रपुर ३ का १४ बर्षीय सुकराज ठोकरको मृत्यु भएको छ ।
गएराति राती ९ बजे चाँदीखोला तर्ने क्रममा उनलाइ बगाएको थियो ।
मृतक युवकको शव आईतबार बिहान ७ बजे ३ बगाएको स्थान भन्दा केही तर फेला परेको प्रहरीले जनाएको छ । केही दिन देखिको बर्षाले चादीखोलामा बाढी आएको छ । सो खोलामा समयमा नै पुल निर्माण सम्पन्न नहुदा गैडाटार बासी पिडित हुँदै आएका छन ।