Sunday, May 26, 2024
No menu items!

नेकपा एमालेको गुजारा नगर अध्यक्षमा श्रेष्ठ चयन

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट ९ कार्तिक । नेकपा एमालेको गुजारा नगर अध्यक्षमा पदम बहादुर श्रेष्ठ चयन भएका छन् । मंगलवार भएको एमालेको नगर कमिटि अधिवेशनले श्रेष्ठलाई सर्वसहमतिमा अध्यक्षमा चयन गरेको हो । नगरको उपाध्यक्षमा भने रामजित चौधरी,सचिवमा सेख जमालुद्दिन,सहसचिवमा मोहन साह लगायतलाई सर्व-सहमतिमा चयन गरिएको छ । नेकपा एमालेकी प्रदेश २ अध्यक्ष ज्वाला कुमारी साह को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । आज निर्वाचित नगर कमिटिका पदाधिकारीलाइ नेकपा एमालेका रौतहट अध्यक्ष तुलसीराज गिरिले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

नगर सचिव जम्मलुद्दिनले संचालन गरेको कार्यक्रमको बिशेष अतिथिमा जिल्ला अध्यक्ष तुलसीराज गिरी,प्रदेश कमिटि सदस्य हरिबंश मैनाली र मणि शंकर निधि रहेका थिए । नेकपा एमालेले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गरेको हो । पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु