Wednesday, May 22, 2024

नेपाल स्काउट गरुडाको शुभ कामना आदानप्रदान

पछिल्लाे समाचार

रौतहट १९ असोज /नेपाल स्काउट तदर्थ समिति गरुडाको चाडपर्वको शुभकामना आदानप्रदान तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
दशैं, शुभ दिपावली तथा छठपर्वको शुभकामना आदानप्रदान श्री नमुना मा वि गरुडामा सम्पन्न भएको हो ।
स्काउट गरुडाले कोभिड-१९ कोरोना भाइरस सम्बन्धित जनचेतनामूलक कार्यक्रम समेत गरेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै जसपाको युवा नेता अनिल यादवले दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरुको उद्धार तथा सहयता कार्य, बालबालिका तथा युवा वर्गलाई सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्नका लागि गरुडा नगरपालिकामा गठन भएको नेपाल स्काउट तदर्थ समिति सराहनीय रहेको बताएका छन ।
शिक्षा, स्वास्थ्य, बिकासको क्षेत्र लगायत बालबालिका, युवा, गरिब तथा दलित वर्गहरुलाई एकसाथ लिएर अगाडी बढनमा कहिल्यै पछी नपर्ने उनले बताए । कोरोनाको कहर कायम नै रहेकोले सरकारको मापदण्ड पूरा गरी आवश्यक सतर्कता अपनाएर चाडपर्व मनाउन समेत आग्रह गरेका छन ।
कार्यक्रममा इप्रका गरुडाको प्रहरी निरीक्षक रामराजा केसरी, श्री नमुना मावि गरुडाको प्रअ प्रभु राउत पटेल, पत्रकार, साहित्यकार तथा बज्जिका अभियन्ता संजय साह मित्र, नेपाल स्काउट राजदेवी नपाको संयोजक राहुल सिंह, नेपाल स्काउट चन्द्रपुर नपाको संयोजक शर्मिला नेपाल लगायतले आ-आफ्ना मन्तव्य राखेका थिए ।
बिबेक कुमार रौनियारको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन कुमार चन्दनले गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु