Friday, June 21, 2024

नौ दिन देखि बेपत्ता मण्डलको शव फेला

पछिल्लाे समाचार


सप्तरी, १२ कात्तिक //
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का २३ वर्षीय लालु मण्डल नौ दिन पछि मृत अवस्थामा फेला परेको छ।
मण्डलको शव सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपञ्चयात–१० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको सप्तरीको प्रहरी प्रमुख माधवप्रसाद काफ्लेले बताएका छन्।

भारतीय प्रहरीसँगको समन्वयमा शव नेपाल ल्याइ मृतकका पिता शम्भु मण्डललाई बुझाइएको उनले जानकारी दिएका छन्।
गत कात्तिक तीन गते भारतीय बजार कुनौलीबाट किनमेल गरी फर्किंदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जीर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु