Wednesday, May 22, 2024

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन

पछिल्लाे समाचार


सिरहा,६ कत्तिक //

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष ५८ वर्षीय रामानन्द प्रसाद गुप्ताको निधन भएको छ । उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको शनिबार विहान साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत बुधबार मस्तिष्कघात भएपछि विराटनगरको न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

चिकित्सकले स्वास्थ्य अवस्था जटिल भएको बताएपछि परिवारजनले गुप्तालाई अक्सिजन दिएर लहान स्थित घरमा ल्याएका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार साँझ लहानकै राउ स्मारक अस्पताल लगिएको थियो । त्यहाँबाट राती पुनः विराटनगर लगिएको थियो।

२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका वरिष्ठ पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाको संस्थापक सदस्य समेत थिए । उनी नेपाल पत्रकार महासंघ सिरहा शाखाको एक कार्यकाल सभापति समेत बनेका थिए । उनको एक पत्नी, दुई छोरा र एक छोरी छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु