Friday, June 21, 2024

बाढीले कटान गरेको सडक तर्ने क्रममा एक युवक वेपत्ता

पछिल्लाे समाचार


सप्तरी ,४ कार्तिक //
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.–१४ रम्पुरा मल्हनियामा बाढीले कटान गरेको सडक तर्ने क्रममा एक युवक वेपत्ता भएका छन्।
सोही नगरपालिका वडा न.–९ का २३ वर्षीय लालु भन्ने जितेन्द्र मण्डल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन्।

दिउँसोको समयमा कटान तर्ने क्रममा उनी वेपत्ता भएको उनले बताएका छन् ।
मण्डल बगेर भारत तिर पुगेको हुन सक्ने प्रहरीको अनुमान छ।

उनको खोजीकार्य भईरहेको प्रवक्ता काफ्लेले जानकारी दिएका छन्। मण्डलसँगै बगेका सोही ठाउँका २८ वर्षीय संजिव कुमार मण्डल भने तरेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै जिता खोलामा आएको बाढीले दशजग्गा क्षेत्रमा रहेको सो सडक कटान गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु