Sunday, January 19, 2025

भंसार छली गरि ल्याइएका ७३ हजार बराबरका सामान बरामद

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट ८ कार्तिक । रौतहटमा गरुडा नगरपालिका वडा नं. ४ स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डको किनारमा वेवारिसे अवस्थामा भन्सार छलेर ल्याएको ७३ हजारको विभिन्न रेडिमेड कपडा प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएका प्रहरी टाेलीले कार्तिक १ गते सोमवार सो सडकमा ४२ हजार ५० रुपैया बराबरकाे रेडिमेड कपडाहरु वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । त्यस्तै मंगलवार बिहान ६ बजेको साेही नंपाकाे वडा नं. ५ शिवनगर स्थित सडकको पश्चिम किनारमा नाईलन तथा कपडाको झोलामा भारतबाट भन्सार छली ल्याएको एसियन कम्पनीको पेन्ट भएको झोलाहरु फेला पारेका थिए ।

बरामद भएकाे झाेला कसैकाे नरहेकाे स्पष्ट भए पश्चात अन्दाजी मुल्य तिस हजार पाँच सयकाे समान नियन्त्रणमा लिइएकाे थियाे । बरामद भएकाे कपडा र पेन्टहरु कुल ७२ हजार ५ सय ५० बरावरको रहेकाे र उक्त समाग्री आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक श्रीराम भण्डारीले बताउनुभयाे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु