Friday, June 21, 2024

महिलाको घाँटी रेटेर हत्याको प्रयास गर्ने महतो पक्राउ

पछिल्लाे समाचार


धनुषा ,६ कात्तिक //
धनुषामा घाँस लिन गएकी महिलाको घाँटी रेटेर हत्याको प्रयास गर्ने भुट्टाचोर भन्ने रामभजन महतोलाई महोत्तरीबाट प्रहरीले पक्राउ गरिएको छ।
धनुषाको विदेह नगरपालिका ६ गिद्धा बस्ने ३५ वर्षीय भुट्टाचोरलाई महोत्तरीको गोनरपुरा भन्ने स्थानबाट गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले गहना लुट्न शुक्रबार बिहान ११ बजेको समयमा स्थानीय रामबहादुर मण्डलकी ५५ वर्षिया श्रीमति जमुन देवी मण्डलको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका थिए ।
स्थानीयले देखेपछि भुट्टाचोर भागेका थिए ।
फरार भएर ससुरालीमा बसिरहेका भुट्टाचोरलाई प्रहरी चौकी तिनकोरियाका सई सारदा शंकर साहको कमाण्डमा खटि गएको प्रहरी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
जमुन देवी घास लिन गएको बेला उनले खुट्टामा लगाएको चाँदीको काँरा, गालाको मँगलसुत्र खोस्न छुराले घाँटी रेट्ने प्रयास गरेका थिए ।
हल्ला भएपछि जमुनदेवीको मंगलसुत्र खोसेर महतो भागेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु