Friday, June 21, 2024

महोत्तरीकि शिलादेवीको हत्या बोक्सीको निहुमा आफ्नै देवरले गरेको खुलासा

पछिल्लाे समाचार

महोत्तरी ,१ कातिक //
महोत्तरी गाउँपालिका ३ मडई बस्ने ४२ वर्षीया शिलादेवी झाको हत्या बोक्सीको निहुमा आफ्नै देवरले गरेको खुलेको छ । शिलादेवी घरमा सुतेकै स्थानमा बिहीबार बिहान टाउकोमा हथौडा प्रहार गरी हत्या भएको थियो ।

श्रीमती रिंकु झालाई टुनामुना गरेको अन्ध विश्वासको निहुमा संजयले भाउजू शिलादेवीको हत्या गरेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले बताएका छन्।
शिलादेवीले दिएको केरा खाँदा श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिज आउँदा विभिन्न अस्पतालमा उपचार गराउँदा समेत ठीक नभएकाले बोक्सी नै रहेको निहुमा संजयले भाउजूको हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी आचार्यको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी शिलादेवी हत्या प्रकरण र आरोपी संजयलाई सार्वजनिक गरेको हो ।
संजय हाल जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाडामा बसेर ज्यालादारीको काम गर्दै आएका छन् ।
एसपी आचार्यका अनुसार संजय बुधबार राति जनकपुरबाट साइकलमा घर पुगेर बिहीबार बिहान ३ बजेको समयमा भाउजू शिलादेवीलाई सुतिरहेकै स्थानमा हथौडाले टाउकोमा हानेर हत्या गरि पुनः जनकपुर साइकलमै फर्किएका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु