Sunday, May 26, 2024
No menu items!

महोत्तरीमा बन्दुक देखाइ लुटपाट

पछिल्लाे समाचार


महोत्तरी,२१ असोज //
महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा डकैति भएको छ।
आज बिहान स्थानीय कैलाश सिंहको घरमा चार जनाको समूहमा आएका लुटेराहरुले बन्दुक देखाइ लाखौँको गरगहना लुटपाट गरेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार उनको आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा बिहान ३ः ०० बजेको समयमा घरको बाहिरी ढोका फोरेर घरभित्र पसी नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित रु पाँच लाख बढीको गरगहना लुटेर लगेको हो।

घटना आज बिहान ३ बजे भए पनि छिमेकीले ढिलो थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । लुटेराको खोजतलास व्यापकरुपमा गरिरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु