Monday, June 24, 2024

मोटरसाइकल दुर्घटनामा परि रौतहटमा एकजनाको मृत्यु , एक घाइते

पछिल्लाे समाचार


रौतहट , १२ कात्तिक //
आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किदाँ रौतहटमा एक जनाको मृत्यु भएको छ ।
समाजवादी विद्यार्थी युनियन रौतहटका उपाध्यक्ष गरुडा, महम्मदपुर बस्ने २५ वर्षीय अभय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
चन्द्रपुरबाट घर जाने क्रममा बसन्तपुर सडकखण्डमा यादवले चलाएको मोटरसाइकल अनियन्त्रित भएर गएराति करिब ११ बजेतिर विद्युतको पोलमा ठोक्किएर दुर्घटना हुँदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी लिलाराज लामिछानेले बताएका छन् ।
सोही मोटरसाइकलको पछाडि सवार गरुडा वडा नम्बर ४ बस्ने ३० वर्षीय नवलकिशोर पटेल घाइते भएका छन् ।
घाइते भएका पटेलको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु