Wednesday, May 22, 2024

राजदेवीका किशोरीहरुले बुझाए प्रमुख प्रशासकीय अधिकृत साहलाई ज्ञापन पत्र

पछिल्लाे समाचार


रौतहट ,२१ असोज //
जिल्लाको राजदेवी नगरपालिकाका किशोरीहरुले प्रमुख प्रशासकीय अधिकृत सुबोध साहलाई ज्ञापन पत्र बुझाएको छ।
लैंगिक हिंशा तथा बाल बिबाह लगायतका घटनाहरु बढेको भन्दै किशोरीहरुले अधिकृत साहलाई ज्ञापन पत्र बुझाएका हुन् l
नगरपालिकाले महिला सशक्तिकरणको लागि अभियान चलाउनु पर्ने , योजना तथा बजेट निर्माण गर्दा लैंगिक मैत्री भइ बनाउनु पर्ने , उपभोक्ता समितिहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता गराउनु पर्ने, लैंगिक हिंशामा परेका वा उच्च जोखिममा रहेका महिला किशोरीहरुको लागि आवस्यक योजना तथा नीतिहरु बनाउने लगायतका कामहरु गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख छ।
ग्रामिण बिकास केन्द्रका संरक्षण अधिकृत संजिदा प्रविनाका अनुसार स्थानिय स्तरमा बनाइएको वकालत रणनिति अनुसार ज्ञापन पत्र बुझाइएको हो।
महिला हिंशाको मूलजडको रुपमा रहेको बाल विवाह रोकथाम तथा हिंशा न्यूनीकरणको लागि बनाएको वकालत योजना अनुसार अगाडी बढेको उनले बताए l
ज्ञापन पत्र बुझ्दै प्रमुख प्रशाकीय अधिकृत साहले नगरपालिकाले लैंगिक समानता र सशक्तिकरणको लागि निरन्तर पहल गर्ने बताएका छन् l

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु