Wednesday, May 22, 2024

रिसिइबि साध्न मोटरसाइकलमा लागू औषध राख्ने चारजना चन्द्रपुरमा पक्राउ

पछिल्लाे समाचार


रौतहट २५ असोज /   चन्द्रपुर नगरपालिका वडा नम्बर ४ टेकान टोलमा रहेको एक घरमा भाडामा बस्दै आएकी पुनम उपाध्यायको फ्याल्टमा अपाराधिक कृयाकलाप भएको खबर पाएपछि प्रहरी पुग्छ ।
इलाका प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेको कमाण्डमा गएको  प्रहरीको टोलीले घरमा पुगेपछि घरको कम्पाउण्डमा रहेको ना १९ प ६७३३ नम्वरको पल्सर मोटरसाइकलमा गम्छाले बेरेर राखेको सानो पोका फेला पार्छ ।
पोका खोलेर हेर्दा पोकाभित्रबाट ४ पत्ता प्रतिबन्धित लागू औषध नाइट्रजिपाम ट्याब्लेट फेला पर्छ ।
  एक पत्तामा ३० वटाको दरले जम्मा १ सय २० वटा ट्याब्लेट भेटे लगतै प्रहरीले सो मोटरसाइकलको इन्जन माथि कालो पोलिथिनमा थप ६ पत्ता नाइट्राजेपाम ट्याब्लेट, डाइजीपाम इन्जेक्सन ७ वटा, बुप्रेनराफन इन्जेक्सन १० वटा , प्रोमेथाजिन हाइड्रो क्लोराइड इन्जेक्सन ६ वटा बरामद गर्छ ।
मोटरसाइकलमा लागू औषध फेला परेपछि पुनम उपाध्यायको फ्याल्टको  पूर्व उत्तर कुनाको कोठा भित्र ३ जना खाजा खाइरहेको भेटीन्छन ।

खाजा खादै गरेका  रौतहट जिल्ला गुजरा नपा ३ का  २३ वर्षीय विजय शंकर तिवारी, रौतहट जिल्ला कटहरिया नपा  १ भसेडवा टोल बस्ने ४२ वर्षीय रामलाल कुशवाहा र बारा जिल्ला कलैया उपमहानगरपालिका १ कलैया चोक बस्ने २० वर्षीय नैना कुमारी महतो प्रहरीले सोधपुछ गर्छन ।
सोधपुछ गर्दा खाजा खाईरहेका तिवारीले प्रहरीलाई सो मोटरसाईकल आफ्नो भएको र साथी लाई  लिएर कामले चन्द्रनिगाहपुर आएको तर  लागू औषध को बारेमा थाहा नभएको बताउछन ।
फसाउने नियत लागू औषध राखेको हुनसक्ने उनी दावी गर्छन । नैना कुमारीले  प्रहरीलाई विजयका दाजु उमाशंकर तिवारीले ७० हजार दिएर लागू औषध खरीद गर्न लगाई मोटरसाइकलमा राख्न लगाएको बयान दिन्छिन ।
विजय शंकर तिवारी र रामलाल कुशवाहाको जाहेरीको आधारमा मुख्य योजनाकार उमाशंकर तिवारी, पुनम उपाध्याय र पर्सा बहुदरमाई नगरपालिका ४ बहुअरी टोल बस्ने २६ वर्षिया सुनिता यादव र नैना कुमारी महतोलाई प्रहरीले पक्राउ गर्न सफल हुन्छ ।

व्यक्तिगत रिसिवि साँध्न रचिएको षड्यन्त्रको पर्दाफास भएको   इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि  लामिछानेको भनाइ छ ।
पक्राउ परेका चारैजनालाई आपराधिक षडयन्त्र तथा लागू औषध शिषर्कमा मुद्दा दर्ता गरीएको छ ।

व्यवसायिक साझेदार रहेका  उमाशंकर तिवारी र रामलाल कुशवाह विवाद भएपछि अलग भएको र  तिवारीलाई आफ्नै भाइ विजयले साथ छाडेर कुशवाहलाई साथ दिएको पनि मन नपरेको  ले  दुबैजनालाई एकैपटक फसाउन पुनमको सहयोगमा महत्तो र यादवलाई प्रयोग गरेर षड्यन्त्र गरेको प्रारम्भिक अनुशन्धान बाट खुलेको प्रहरीको भनाइ छ ।
गएको साउन ३२ गतेको  गौरबाट  पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागू औषध राखेर फसाउन खोजिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु