Monday, June 24, 2024

रौतहटबाट सालको गोलियासहित ७ थान साइकल बरामद

पछिल्लाे समाचार


रौतहट , १० कत्तिक //
रौतहटबाट सालको गोलिया बरामद गरिएको छ।
जिल्लाको जंगलसैयाबाट गएराती ३० क्युफिट बराबरको ७ वटा सालको गोलिया र ७ थान साइकल बरामद गरेको गरिएको हो।
बिशेष सूचनाको आधारमा खटिएको सशस्त्र बन सुरक्षा गार्ड र सशस्त्र बेस क्याम्प हरिनगरको संयुक्त टोलिले उक्त साईकल सहितको काठ बरामद गरेको सेक्टर बन कार्यालय चोंचाका प्रमुख राजेश साहले बताएका छन्।

यसैगरी अस्थायी प्रहरी चौकी छेदी चौक र गरुडा इलाका प्रहरी कार्यालय गरुडाको टोलिले मंगलबार रातिनै ३ थान सालको गोलिया करिब ७ क्युफिट काठ र ३ वटा साइकल बरामद गरेको छ ।
बरामद काठ सेक्टर बन कार्यालय चोंचा र ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको बताइएको छ।

सेक्टर बन चोंचाका अधिकृत राजेश साहले पछिल्लो समय रौतहटमा बढेको काठ तस्करीमा बनका केहि हेरालुको हात हुनसक्ने आशंका गरेका छन् ।
बनको तस्करी बारे थप अनुसंधान भैरहेकाले केहिसमय भित्रै तस्कर संग मिलोमतो गर्ने बनका हेरालु तथा कर्मचारी को नाउँ सार्वजनिक गर्ने अधिकृत साहले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु