Thursday, September 12, 2024

रौतहटमा एक बर्षमा २६ जना को डुवेर मृत्यू

पछिल्लाे समाचार

रौतहट १८ असोज  । एक वर्षमा रौतहटमा २६ जनाको पानीमा डुबेर मृत्यु भएको छ । एक वर्षमा १२ बालक, १० बालिका सहित रौतहटमा २६ जनाको डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ  ।
आव २०७६/७७ मा प्रदेश २ मा ८६ जनाको डुबेर मृत्यु हुँदा ३८ बालक र २१ बालिका गरी ५९ जना बालबालिको ज्यान गएको छ । यो अवधिमा १७ जना पुरुष र १० जना महिलाले पनि ज्यान गुमाएका छन् ।
बाख्रा, भैसी चराउन जाने बेला नजिकैको खाल्डो पोखरी तथा नदीमा नुहाउन पस्दा बालबालिकाहरु डुब्ने गरेका छन । गर्मीको बेला नुहाउने क्रममा तथा   माछा मार्ने क्रममा  बालबालिका डुब्ने गर्छन ।
१० असोजमा रौतहटको बाग्मती नदीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक बालकको ज्यान गएको थियो । राजदेवी नगरपालिका ९ को ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा माछा मार्न गएका ४ जना मध्ये १० वर्षिय अवित रामको मृत्यु भएको थियो । यसैगरी चादी नदीले बगाउदा १७ गते  चन्द्रनिगाहपुरमा एक किशोरले ज्यान गुमाएका थिए ।
पोखरी , इटाभट्टा को खाडल, सडक निर्माण गर्दा खनेको खाडल, बालुवा गिट्टी निकालेको खाडल तथा नदिमा नुहाउने क्रममा डुवेर तथा बगेर मानिसको ज्यान जाने गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु