Friday, June 21, 2024

रौतहटमा नेपाली काग्रेंसको पार्टि प्रवेश कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,२१ असोज //
रौतहटको चन्द्रपुरमा नेपाली काग्रेंसको पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
विहिबार चन्द्रपुर नगरपालिका वडा नम्वर ५ चिडियादहमा सो कार्यक्रम सम्पन्न भएको हो।

पछिल्लो समय रौतहटमा बिभिन्न पार्टि परित्याग गरी दर्जनौं व्यक्तिहरु नेपाली काग्रेंसका प्रवेश गरेका छन् ।

नेपाली काग्रेंस रौहतट क्षेत्र नम्बर ४ का संघिय सांसद देव प्रसाद तिमल्सिनाको हातबाट टिका लगाई बिशेष ईलाका कमिटि चन्द्रनिगाहपुरका पटक–पटक सचिव भएका नेकपा एमालेका नेता ओष्ट ढुङ्गेल(देवराज) लागायत दर्जनौं व्यक्तिहरु अन्य पार्टि परित्याग गरि नेपाली काग्रेंसमा प्रवेश गरेका छन्।

कार्यक्रमामा रौतहट क्षेत्र नम्बर ४ (क) का प्रदेश सभा सदस्य धनलाल ठोकर,चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष संजय कुमार काफ्ले,नेपाली काग्रेंसका क्षेत्रिय सचिव बिनोद गुप्ता,नेपाली काग्रेंस रौतहट कार्य समिति सदस्य सुमन गौतम,युवा नेता राजेश बन्जरा लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु