Wednesday, October 9, 2024

लामो समयदेखि रोकिएको “लाइसेन्स ” डेढ महिनाभित्रमा आइपुग्ने

पछिल्लाे समाचार


रौतहट ,२६ असोज //
लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्रमा आइपुग्ने भएको छ ।
लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागका अनुसार ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट र कार्ड अर्को कम्पनीबाट खरिद गरिएकाले समस्या आएको थियो।
अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन भनिएको महानिर्देशक नमराज घिमिरेले बताएका छन् ।अहिले १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने र आगामी दिनमा पनि त्यही समस्या दोहोरिन नदिन ध्यान दिइने महानिर्देशक घिमिरेले जानकारी दिएका छन् ।
उनका अनुसार विभागमा कार्ड आएपछि झण्डै आधा अहिले नै छाप्नुपर्ने छ ।
आगामी दिनमा पनि अनुमतिपत्रको समस्या आउन नदिने कुरामा ध्यान दिइने यातायात व्यवस्था विभागले जनाएको छ।
सेवाग्राहीलाई सजिलोका लागि सुरू गरिएको ‘स्मार्ट’ चालक अनुमतिपत्र सोचेजस्तो हुन सकिरहेको छैन । विभिन्न समस्याका कारण सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका छैनन् ।
पहिले उपकरणको क्षमता कम भएकाले सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका थिएनन् ।
दुई वर्ष पहिले विभागले एउटै ठेक्काबाट ठूलो क्षमताको उपकरण ९ मास प्रिन्टर० र १० लाख कार्ड ल्याइएको थियो ।

त्यो कार्ड अब एकदुई हजार मात्रै बाँकी छन् । कार्ड अभावमा विभागले अति आवश्यक पर्नेलाई मात्रै अनुमतिपत्र छापिरहेको छ ।
यातायात कार्यालयहरुले भने एक वर्षका लागि अस्थायी चालक अनुमतिपत्र सुरू गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु