Friday, January 24, 2025

सर्लाहीमा बेग्लाबेग्लै दुर्घटनामा परी तीन जनाको ज्यान गयो

पछिल्लाे समाचार


सर्लाही ,७ कत्तिक //
सर्लाहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको ब्रहम्पुरी गाउँपालिका २ बस्ने ४० वर्षीय सुरेन्द्र साह र सोहि गाउँपालिका ७ मोहनगङ्जकी २८ वर्षीया बपितादेवी साह रहेका छन्।
विद्युतीय पोलमा वाइफाईको तार जोड्ने क्रममा शनिबार साँझ करेन्ट लागेर सुरेन्द्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिएका छन् ।
यस्तै ईश्वरपुर नगरपालिका १५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा बपितादेवीको मृत्यु भएको उनले बताएका छन्।
त्यसैगरी, बागमती नगरपालिका वडा नम्बर ५ मा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक बालकको मृत्यु भएको छ ।
दुर्घटानामा परी गम्बीर घाइते भएका बागमती ८ बस्ने १४ वर्षीय प्रकाशबहादुर थिङको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु