Monday, October 7, 2024

सुरक्षाकर्मीकै संरक्षणमा रौतहटमा व्यापक तस्करी

पछिल्लाे समाचार


रौतहट , ७ कत्तिक //
पछिल्लो समय भारतीय बजार सँग सिमा जोडिएको रौतहटमा संगठित तथा पोके तस्कर देखि लिएर ठूला संगठित तस्करहरुको कारोबार मौलाएको छ ।
सुरक्षाकर्मीहरुको मिलेमतोमै रौतहटका मुख्य नाकाहरुबाटै अवैध रुपमा समान ओसार पसार भइरहेको पाइएको छ।
भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सारबाट कर्मचारीकै मिलेमतोमा केही व्यापारीले राजश्व छल्दै कम मूल्यांकन राखेर प्रज्ञापन पत्र बनाएर सँगठीत रुपमा कारोबार नै शुरु गरेका छन्।

तस्करहरुले लाखौं रुपैया राजश्व तिर्नु पर्ने ठाँउमा आयातित बस्तुको मूल्यांकन तथा परिमाण न्यून राखेर केही हजार मात्रै राजश्व बुझाएर भन्सार कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत प्रलोभनमा पारी दैनिक लाखौं रुपैया बराबरको रेडिमेड कपडा तथा मेशिनरी पार्टसको तस्करी शुरु गरेका छन्।

मुख्य भन्सार नाका अगाडिको विद्युतिय पोलमा प्रशासन, भन्सार विभाग तथा गौर भन्सार कार्यालय समेतले निगरानीका लागी सिसिटिभी जडान गरेका छन ।
तर तस्करीका दृश्य र भन्सार कर्मचारीको बदमासीहरु भने क्यामेराले कैद नै गर्न सकेको छैन ।जिल्लामा अहिले पोके तस्करहरु मात्रै नभएर पिकअप गाडीबाटै तस्करी भइरहेको पाइन्छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु