Thursday, November 14, 2024

सेवाग्राहीलाई दुःख दिंदै एनआइसि एसिया बैंक ,सो बैंकबाट खाता हटाउन स्थानीयको माग

पछिल्लाे समाचार


रौतहट , ८ कात्तिक //
एनआइसि एसिया बैंकले सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो बढदै जान थालेको छ।


रौतहट जिल्लाका बिभिन्न स्थानमा शाखा रहेको सो बैंकका कर्मचारीले सर्बसाधारणलाई दुख दिनुको साथै गाली गलौज समेत गर्ने गरेको गुनासो बढ्दै जान थालेको छ।
गुजरा नगरपालिकाको सो बैंकमा खाता रहेको र नगरपालिकाले दिने बाल पोषण भत्ता ,बृद्ध भत्ता ,अपाङग भत्ता सोही बैंकबाट वितरण हुदै आएको छ ।
नगरपालिकाले भत्ता वितरणका लागि वडा अनुसार बार छुट्टाएर बैंकमा सर्बसाधारणलाई जान भने अनुसार आफु बैंकमा जादा बैंकका कर्मचारीले सर्बसाधारणलाई बिभिन्न बाहानामा फर्काउने गरेको स्थानीय बासिन्दा अनिता श्रेष्ठले गुनासो गरिन् ।
बैंकका कर्मचारीले राम्रो भाषा समेत प्रयोग नगर्ने गरेको र दिनभरी लाईनमा बस्दा समेत ४ बजेपछि बिभिन्न बहाना बनाउदै फर्काउने गरेको उनले बताइन ।
बृद्ध भत्ता लिन जाने बुढाबुढी माथि अभद्र व्यावहार गर्ने गरेको अर्का स्थानीय बासिन्दा जचु चौधरीले गुनासो गरेका छन् ।
एनआइसि एसिया बैंक सिमरा भवानीपुरमा मात्र यस्तो समस्या नभएर अन्यत्र स्थानका समेत यस्तै समस्या रहेकाले सर्बसाधारणले स्थानीय तहको बैंक खाता सो बैंकबाट हटाउन माग गरेका छन् ।
चन्द्रनिगाहपुरमा रहेको सो बैंकको शाखामा समेत सेवाग्राहीसंग राम्रोसंग नबोल्ने झर्केर बोल्ने कर्मचारीका कारण सर्बसाधारण हैरान भएका छन् ।
भवानीपुर शाखामा लोन माग्न जादा कर्मचारीले कमिशन माग्ने गरेका स्थानीय बासिन्दा जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु