Monday, April 21, 2025

हरिवन नगरपालिकाले बालीनालीमा पुगेको क्षतिको विवरण सङ्कलन गर्ने

पछिल्लाे समाचार


सर्लाही, ४ कत्तिक //
हरिवन नगरपालिकाले अविरल वर्षाले विभिन्न बालीनालीमा पुगेको क्षतिको विवरण सङ्कलन गर्ने भएको छ ।

नगरपालिका कार्यालयले एक सूचना जारि गर्दै गएको आइतवारदेखि भइरहेको वर्षाका कारण नगरभित्र विभिन्न बालीनालीमा परेको प्रभाव तथा क्षतिको विवरण सङ्कलन गर्ने जानकारी गराएको छ।
किसानहरुलाई यही कात्तिक ७ गतेभित्र नगरपालिकाको कृषि शाखामा आएर आ–आफ्नो खेतबारीमा भएको क्षतिको विवरणसहितको निवेदन दिन नगरपालिकाले आग्रह गरेको छ ।


धान लगायत अन्य बालीमा पुगेको क्षतिको विवरण लिन लागिएको हरिवन नगरपालिकाको कृषि शाखाकी प्राविधिक नवीना दाहालले जानकारी दिईन् ।
हरिवन क्षेत्रमा फड्के कीराले समेत धान बालीमा धेरै क्षति गरेकाले विवरण सङ्कलन गर्दा त्यसबाट भएको क्षतिको विवरण समेत लिइने नगरपालिकाको कृषि शाखाले जनाएको छ ।


अहिले क्षतिको विवरण लिने र पछि राहतका विषयमा समन्वय तथा पहल गरिने नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु