रौतहट , २५ कात्तिक //
प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले जनगणनामा सही तथ्यांक लेखाउन प्रदेशवासीसँग आग्रह गरेका छन् ।
जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन मुख्यमन्त्री राउतले आग्रह गरेका हुन् ।
उनले तथ्यांक संकलन गर्न घरमा आउने गणकलाई आत्मीय व्यवहार गर्न पनि आग्रह गरेका छन्। गणकहरुले सोधेको सबै प्रश्नहरु धैर्यतापूर्वक सुनेर सही जवाफ दिन मुख्यमन्त्री राउतले सम्पूर्ण प्रदेशवासीलाई अनुरोध गरेका छन्।
यस्तै यस पटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तिय संस्थामा पहुँचाको अवस्था, सरकारी अनुदान प्राप्त गरे/नगरेको, वडा तहसम्म सामुदायिक भवनहरुको अवस्था के कस्तो छ ? जस्ता मसिना तर नागरिकका लागि अति नै महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएकोले धैर्यपूर्वक जवाफ दिन उनले अपिल समेत गरेका छन्।