धनुषा , २५ कात्तिक //
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरस्थित जनकपुरधाम-ढल्केवर सडक खण्डमा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ , भने अन्य तीन जना घाइते भएका छन् । ढल्केवरबाट जनकपुरतर्फ गइरहेको ज ९ प २३५५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट तीन जना सवार प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकल गएराती ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि मुत्यु हुनेमा प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकलका चालक रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले बताएका छन् । मृतक चालकको नामथर र ठेगाना तत्काल खुल्न नसकेको उनले बताए। सुनारका अनुसार प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस्तै घाइते हुनेहरुमा सिरहाको मिर्चैया नगरपालिका वडा नं. ६ का अमित साह, रोशन महतो र राज साह रहेका छन् । त्यसमध्ये गम्भीर चोटपटक लागेका अमितको विराटनगरस्थित नोबेल मेडिकलमा उपचार भइरहेको प्रहरी निरीक्षक सुनारले जानकारी दिएका छन् ।