Thursday, September 12, 2024

निजगढ नगरपालिकामा किसान क्रेडिट कार्ड स्किम संचालन हुने

पछिल्लाे समाचार

निजगढ,१७ कार्तिक । निजगढ नगरपालिकाले कृषकहरुकोलागी किसान क्रेडिट कार्ड स्किम संचालन गर्ने भएकोछ । किसानलाई सहुलियत ऋण दिन किसान क्रेडिट कार्ड स्किम संचालन गर्न लागिएको मेयर सुरेश कुमार खनालले बताउनुभयो । जस्कोलागी नगरपालिकाको बुधबार सम्पन्न कार्यपालिका बैठकले किसान क्रेडिट कार्ड स्किम संचालन गर्ने निर्णय गरेकोछ । किसानहरुलाई बैंक मार्फत कर्जा लिनकोलागी हुने समस्याको समाधान हुने पेक्षाकोसाथ क्रेडिट कार्ड स्किमको व्यवस्था गर्न लागिएको मेयर खनालको भनाई रहेकोछ । उहाका अनुसार विशेषगरी कृषकहरुले मल,बिउ,कृषि औजार,कृषि सामाग्री लगायत अन्य आवश्यक कृषि सम्बन्धि वस्तुहरु खरिद गर्नकोलागी किसान क्रेडिट कार्ड उपयोगी हुनेछ । किसान क्रेडिट कार्ड स्किम संचालन गर्ने निजगढ नगरपालिका बारा जिल्लाको पहिलो स्थानीय तहहो । यो कार्ड लागु भएपछी कृषकहरुले पैसाको अभावमा खेति गर्ने समयमा चिन्तित बन्नुपर्ने अवस्थाको न्यूनीकरण हुने मेयर खनालको अपेक्षा रहेकोछ । यसैबीच नगरपालिकाले लागु गर्न लागेको किसान क्रेडिट कार्ड स्किमको निजगढका कृषकहरुले स्वागत गरेकाछन । कृषकहरुलाई बैंकले कर्जा उपलब्ध नगराउँदा खेतीपातीमा आर्थिक अभावका कारण समस्यामा पर्ने कृषकहरुलाई यस स्किम मार्फत राहत पुग्ने निजगढका केरा कृषक हिरा सारु मगरले बताउनुभयो । कृषक मगरले किसान क्रेडिट कार्ड मार्फत साना किसानहरु पनि लाभान्वित हुने भएकाले नगरपालिकाले शिघ्र रुपमा यसको कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो । नगरपालिकाले संचालन गर्न लागेको किसान क्रेडिट कार्ड स्किम मार्फत कृषकहरुले बैंक बाट नगरपालिकाको सहजीकरणमा सहज ढंगले कर्जा समेत प्राप्त गर्न सक्छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु