बारा २७, कात्तिक//
बाराबाट पेस्तोल र एक राउन्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–५. का ३५ वर्षीय मनोज प्रसाद जयसवाल रहेका छन्।
उनलाई प्रहरीले बिहीबार राति खोपवा बजारबाट कटुवा पेस्तोल सँगै एक राउन्ड गोली पनि बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन् ।
बारागढी गाउँपालिका–३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रदेश–३–०२–०१०प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जयसवालको तलासी लिँदा कम्मरबाट पेस्तोल बरामद भएको मिश्रले बताएका छन् ।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएको छ।