Wednesday, May 22, 2024

बसले मोटरसाइकल र पैदल यात्रीलाई ठक्कर दिँदा दुईजनाको मृत्यु ,एकजना घाइते

पछिल्लाे समाचार


सप्तरी , २५ कात्तिक //
सप्तरीमा बसले मोटरसाइकल र पैदल यात्रीलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ,भने अन्य एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल सवार भारत बिहार राज्यको सुपौल बलुवा-३ बिहार बस्ने २२ बर्षीय राजु कुमार तिवारी र सोही मोटरसाइकल सवार परिचय खुल्न नसकेका अन्दाजी ३१ बर्षीय पुरुष रहेका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका २ बरमझियामा गएराति १० बजे पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले बि आर ३८ आर ८१७३ नं.को मोटरसाइकल र पैदल यात्री लाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुबैजनाको शव गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टमको लागि पठाईएको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन्।यस्तै घाइते हुनेमा पैदल यात्री कंचनरुप नगरपालिका १ बरमझिया बस्ने वर्ष १९ का रोहन प्रसाद गुप्ता रहेका छन्।
उनको उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु