Wednesday, May 22, 2024

बोक्सीको आरोप लगाई मलमुत्र खुवाएको आरोपमा चारजना कारागार चलान

पछिल्लाे समाचार


महोत्तरी , २२ कात्तिक //
महोत्तरीमा बोक्सीको आरोप लगाई मलमुत्र खुवाएको आरोपमा पक्राउ परेका दुई महिला सहित चारजनालाई पूर्पपक्षका लागि कारागार चलान गरिएको छ ।
महोत्तरी जिल्ला अदालतले जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको अभियोगमा चार जनालाई पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ ।
स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवी, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, रगेश्वर महतोकै जेठो छोरा सिकिन्दर र कान्छो छोरा अनिललाई पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले बताएका छन् ।
बडादसैँको सप्तमीका दिन बिहान ३ बजे स्थानीय शम्भु महतोकी पत्नी ४२ वर्षीया सुकमरियादेवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दर महतोको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि सिकिन्दरसहित परिवारका चारै जनाले सुकमरियाले नै जादु र टुनामुना लगाएको भन्दै उनलाई समातेर मलमूत्र खुवाउनुका साथै अपमानजनक व्यवहार गरेका थिए ।
सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुकालेर नाङ्गो बनाइदिएको, टाउको र अनुहारमा कालो र सेतोले दलेर मानव मलमूत्र खुवाएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु