Sunday, May 26, 2024

लागूऔैषध गाँजासहित एक बृद्धलाई पक्राउ

पछिल्लाे समाचार


पर्सा , २२ कात्तिक //
पर्साबाट लागूऔैषध गाँजासहित प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–२ का ६० वर्षीय रामचन्द्र महतो रहेका छन् ।
कालो प्लाष्टिकको झोला हातमा लिई शंकास्पद रूपमा पैदल हिंडिरहेका उनलाई प्रहरीले रोकेर खानतलासी गर्दा झोलामा एक किलो गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिएका छन् ।
उनलाई लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको उनले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु